घुम्ती शिविरबाट हजारौं लाभान्वित

विर्तामोड । जिल्ला प्रशासन कार्यालय झापा र नेपाली सेनाकोे काली बहादूर गणद्धारा शनिबार झापाको टाघन्डुब्बामा एक दिने एकिकृत घुम्ति शिविर” मा २ हजार बढीले सेवा लिएका छन् ।

रोटरी क्लब अफ बिर्तामोडको व्यवस्थापन रहेको उक्त शिविरमा टागनडूब्बा, कूमरखोद र शरणामति गाविसका करिब २ हजार २ सय स्थानीयले सेवा लिएका हुन् ।
जिल्लास्थित प्रशासन, कृषि, स्वास्थ्य, निर्वाचन, पशु, कार्यालय, महिला तथा बालबालिका कार्यालय, नेपाल टेलिकम, जिल्ला वन कार्यालय, सामूदायिक प्रहरी लगायतका लगायतका कार्यालयबाट सदरमुकामदेखि ५० किलोमिटर टाढा टाघन्डुब्बाको डिल्लीराज उच्च माविमा शिविर आयोजना गरिएको थियो । शिविरबाट विभिन्न कारणबाट प्रशासनीक तथा स्वास्थ्य सेवा लिनबाट वञ्चित स्थानीयबासीले सेवा लिएका थिए ।
झापा जिल्लाका प्रमूख जिल्ला अधिकारी तेज प्रसाद पौडेलले शरणामति–६ कि मनिषा ढुंगानालाई नागरिकता प्रदान गरी उद्घाटन गरेको शिविरमा महिलाको आङ खस्ने समस्याको स्क्रिनिङ क्याम्पदेखि सर्पदंश उपचार सम्बन्धि चेतनामूलक कार्यक्रम गरिएका थियो । स्वास्थ्य सेवातर्फ जनरल फिजिसियन, स्त्री रोग, बाल रोग, हाडजोर्नी, मुटु रोग, दन्त रोग र आंखा सम्बन्धि निःशूल्क बिशेषज्ञ सेवाका साथै परामर्श र निःशूल्क औषधि वितरण गरिएको थियो ।
विशेष गरी सन्थाल राजवंशी, मूस्लिम लगायत समूदायको बाहूल्यता रहेको उक्त क्षेत्रमा आयोजना गरिएको शिविरमा सिमावर्ती ईलाकाको साथै स्थानीयकोे भीड लागेको थियो ।
काली बहादूर गणका गणपति प्रमूख सेनानी खेम नारायण पौडेलले सर्वसाधरणको घरदैलोमा पुगेर गरेको शिविरले सैनिक नागरिक सम्बन्धलाई थप उचाईमा पू¥याउन सफल भएको बताए ।
झापा जिल्लाका प्रमूख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले दूर्गम क्षेत्रका सर्वसाधरणलाई लक्षित गरेर जनहितका गतिविधि गर्न पाउंदा आफूलाई खुसी लागेको बताउँदै त्यस्तो कामलाई आगमी दिनमा निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्: