फेरी भूकम्पको धक्का : सिंहदरवारमा प्रधानमन्त्री र मन्त्रीको भागाभाग

काठमाण्डौ । शनिबार मध्याहृनपछि आएको भूकम्पको धक्का आउने क्रम अझै रोकिएको छैन । आइतबार मध्याहृन फेरि भूकम्पको धक्का महसुस भएको छ । ६.९ रिक्टेर स्केलको भूकम्प गएको हो ।
सिंहदरवारमा बैठक बसिरहेको बेला भूकम्पको धक्का महसुस भएपछि प्रधानमन्त्री र मन्त्रीहरुको भागाभाग भएको थियो । राष्ट्रिय सूचना प्रविधि केन्द्रको भवनमा छलफल चलिरहेको अवस्थामा भूकम्प आएको थियो ।
तर, भूकम्प आएपछि प्रधानमन्त्री र मन्त्रीहरुहरुको भागाभाग भएको थियो । उक्त भवन ९ रेक्टर स्केलको भूकम्पको प्रविधिको क्षमताको हो । तर, भूकम्पको धक्कापछि मन्त्रीलाइृ सुरक्षाकर्मीले बाहिर खुला चौरमा लगेका थिए ।

 

राष्ट्रिय विपतको मिलेर सामना गर्न प्रधानमन्त्रीको आहृवान
प्रधानमन्त्री सुशील कोइरालाले देशबासीका नाममा सम्बोधन गर्दै सरकारको पहिलो प्राथमिकता उद्दार भएको बताएका छन् ।
इण्डोसेनिया भ्रमण छोट्याएर फर्किए लगतै प्रम काइरालाले देशबासीका नाममा सम्बोधन गर्दै राहत र उद्दार टीम बनिरहेको बताएका छन् । गाउमा धेरै मानिसहरु फसेको खबर आएको भन्दै उनले थप सहयोगका लागि हेलिकोप्टर पठाउने बताए । उनले दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिने बताएका छन् ।
कसैलाई दोष लगाउने बेला नभएको भन्दै उनले राष्ट्रिय विपतमा सबैले मिलेर समना गर्न अपिल गरेका छन् । उनले सबै राजनीतिक दललाई आफ्नो नेता कार्यकर्तालाई उद्दारमा परिचालन गर्न आग्रह गरेका गरे ।
नेपालीहरुलाई सहयोगका लागि मित्र राष्ट्रहरु तयार रहेको र नेपाल आउने क्रम सुरु भइसकेको भन्दै उनले सहयोगका लागि आहृवान गरेका छन् । प्रधानमन्त्री कोइरालाले विपतको सामना सबै मिलेर गर्न सक्ने समेत बताए । भूकम्पका कारण अहिलेसम्म १८ सय ८३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्: