रेडबुल लिग फुटवल प्रतियोगितामा झापा–११ शीर्ष स्थानमा

विर्तामोड । रेडबुल लिग फुटवल प्रतियोगिता अन्तरगत शनिबार झापामा भएको खेलबाट अंक तालिकामा झापा–११ शीर्ष स्थानमा पुगेको छ । मोरङ फुटवल क्लबलाई ५÷१ को फराकिलो गोलअन्तरले पराजीत गर्दै झापा बिजयी भएको हो ।
खेलको पहिलो हाफको २३ मिनेटमा मोरङका तर्फबाट जर्सी नम्बर १० का टेकबहादुर लिम्बूले गोल गर्दै मोरङलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेट नबित्दै झापाका तर्फबाट जर्सी नम्बर १४ का कर्ण लिम्बूले गोल गर्दै बराबरी गर्न सफल भए । यो सँगै जारी लिगमा लिम्बूको व्यक्तिगत ७ गोल पुगेको छ । उनी यो सीजनको सर्वाधिक गोलकर्ता कायम भएका छन् ।
पहिलो हाफ बराबरी खेलेको झापाले दोश्रो हाफमा गोलको वर्षा ग¥यो । दोश्रो हाफको १ मिनेटमा झापाका लागि कर्णको लिम्बूको पासमा दिनेश कार्कीले आकर्षक गोल गरे । कार्कीले नै २९ मिनेटमा अलमसी खट्टीबुको पासमा गोल गर्दै जीत फराकिलो पा¥यो । झापाका लागि योगेश गुरुङले ३२ मिनेटमा अर्को गोल थपे । खेलको ४२ मिनेटमा योगेश गुरुङले नै गोल थप्दै मोरङ विरुद्धको खेलमा ५÷१ गोल अन्तरको नतिजा निकाले ।
खेल अवधिभर रेफ्री प्रज्जवल क्षेत्रीले कार्डको वर्षा गरेका थिए । उनले मोरङका ४ जनालाई पहेंलो कार्ड दिएका थिए । उनले मोरङका मनिष घलेलाई दोश्रो हाफको २२ मिनेटमा र पहिलो हापको ४४ मिनेटमा झापाका अहमद अब्बास इड्डीलाई रातो कार्ड दिएका थिए । निक्कै घम्साघुम्सीपूर्ण खेलमा तनाबका कारण हार वेहोर्नु परेको मोरङका कोच पारस चौधरीले बताए । उनले झापाका दर्शकले सम्यमित नहुँदा आफ्नो टिम पराजीत भएको दावी गरे । दर्शकको हुँटिङपछि दवावमा आएका रेफ्रीले सहि निणर्य गर्न नसकेको उनको भनाई थियो ।
यता झापाका कोच भगिरथ आले मामाले आफ्ना खेलाडीको प्रदर्शनप्रति सन्तुष्टी व्यक्त गरे । जीतसँगै झापा तेश्रो पटक पुनः र्शीष स्थानमा पुगेको छ । प्रतियोगितामा उसको १६ अंक भएको छ भने, पुछारबाट दोश्रो भएको मोरङको ४ अंक छ । खेलको म्यान अफ द म्याच झापाका डिफेन्स देवेन्द्र तामाङ घोष्तिा भए ।
 

प्रतिक्रिया दिनुहोस्: