सिन्धुपालचोकमा २५ जना बेपत्ता

काठमाडौं । सिन्धुपालचोकको भोताङ गाविस वडा नम्बर–४ लार्के गाउँमा करिब २५ जना बेपत्ता भएका छन् ।
उनीहरु बेपत्ता भएको सुचना गाउँलेहरुबाटै आएपछी उद्धारका लागि पहल भइरहेको प्रहरीले जनाएको छ ।
भर्खरै आएको सुचना अनुसार बेपत्ता हुनेमा तामाङ परिवारका ५ सदस्य र त्यसै वडाका अन्य २५ जना स्थानियहरु बेपत्ता भएका हुन् ।
भोताङ गाविस सिन्धुपालचोकको दुर्गम गाविसहरु मध्येको एक गाविस हो । मेन्दो तामाङकी छोरी आङरिताले आफ्ना परिवारहरुको अत्तोपत्तो पाउन नसक्दा आफुहरु चिन्तीत भएको बताइन ।
यसै सन्दर्भमा नेपाल प्रहरीले कसैका आफन्तहरु घाइते भएमा अथवा उद्धारका लागि जानकारी दिनु परेमा नेपाल प्रहरीले स्थापना गरेको रेस्क्यु कमाण्ड कन्ट्रोलको ९८५१२८१३६३ मोबाइलमा एसएमएस गर्न तथा ल्यान्ड लाईन नम्बर ०१–४४१२७८०, ०१–४४११५४९ तथा ०१–४४१५५९७ मा फोन गरेर जानकारी दिन र लिन सकिने ब्यावस्था रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: