आर्यघाटमा लास जलाउने ठाउँको अभाव

काठमाडौं । बिनासकारी भुकम्पका कारण मृत्यु हुनेहरुको संख्या बढेपछि पशुपतिनाथको आर्यघाटमा लास जलाउने ठाउँको अभाव भएको छ । आइतबार अपरान्ह त्यहाँ एकैपटक करिब सयको संख्यामा लास जलाईएको थियो ।
दाहसंस्कार गर्ने ठाउँ नभएपछि पशुपति क्षेत्रबाहेक वाग्मती नदीको अन्य भागमा समेत दाहसंस्कार भइरहेको छ । पशुपति क्षेत्रको वातावरण मृतकका आफन्तको रोदनले भावविहृवल बनेको छ । शव जलाउँदाको धुवाँले पूरै पशुपति क्षेत्र डढेलो लागेको वनजस्तै देखिएको छ ।

एकै पटक करिब सय जतिको संख्यामा शवहरु जलिरहेका छन् । लास जलाउनका लागि पालोमा त्यत्तिकै संख्यामा शवहरु राखिएका छन् । शव वहानले विभिन्न अस्पतालबाट आर्यघाटमा शव ओसारिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: