नेपाली चलचित्र त्यो दिन चाँडै प्रदर्शनमा

बिर्तामोड । झापाली कलाकारद्धारा निर्मित नेपाली कथानक चलचित्र ‘त्यो दिन’ छिट्टै प्रदर्शनमा आउने भएको छ ।

भदौको पहिलो साताबाट देशभर एकैचोटी त्यो दिन नामक चलचित्र प्रदर्शनमा ल्याइने भएको हो । त्यसैगरी जेठको पहिलो साताबाट बिर्तामोडमा श्री हिमाली निम्न माध्यमिक बिद्यालयमा अध्ययनरत अपाङ तथा बहिरा बालबालिकाको आवास सहयोगार्थ च्यारिटी सो गरिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

२५ लाख रुपैयाँको लगानीमा तयार भएको सो चलचित्रको छायङ्कन झापा, मोरङ, सुनसरी र काठमाण्डौमा गरिएको छ । क्याम्पसमा अध्ययनतर २५ बर्ष मुनिका युवायुवतीको जीवनसँग मेल खाने यथार्थपरक कथालाई समेटेर तयार गरिएको सो चलचित्रमा सुदीप प्रसाई, पवना श्रेष्ठ, गोपाल चिमरिया, भुवनसिंह राई लगायतका कलाकारले अभिनय गरेको कथा लेखक किरण राईले बताए ।

प्रतिक्रिया दिनुहोस्: