बिनाशकारी भूकम्पपछि भारतीय संसदमा शोक

एजेन्सी । नेपालमा बिनाशकारी भूकम्पमा ठूलो जनधनको क्षती भएकोमा भारतीय संसदले सोक प्रकट गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

भारतीय संसदले नेपालमा भएको ठूलो क्षतीप्रति दुःख ब्यक्त गर्दै २ मिनेटको मौन धारण गरेको हो । त्यसपछि शुरु भएको बैठकमा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले भने ‘ भारत सरकारको तर्फबाट सम्भव भएसम्मको मद्दत नेपाल पठाइएको छ ।’
प्रधानमन्त्री नरेन्द्र मोदी शनिवारको भूकम्पपछि मद्दत दिन तत्पर छन् । पहिलो दिन पनि उनले मन्त्रीहरुको आपातकालीन बैठक बोलाएका थिए भने फेरी पनि मन्त्रीहरुसँग बैठक गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: