भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार नाग्यो

काठमाडौं । शनिबार आएको विनाशकारी भूकम्पका कारण देशभरमा ३ हजार बढीको मृत्यु भएको छ , भने काठमाडौं उपत्यकामा मात्र ७७७ जनाको मृत्यु भएको छ ।

मुलुकभर हजारौको संख्यामा घाइते भएका छन् । सुचना तथा सञ्चारमंन्त्री मिनेन्द्र रिजालले ज्यान गुमाउनेको संख्या तेब्बर हुने जनाएका छन् । मृत्यु हुने र घाइतेको संख्या अझै आउँदै गरेको छ ।

भूकम्पको त्रासले सडक र चौरमै वित्यो रात
विनाशकारी भूकम्पलको धक्काका कारण उपत्यका बासिन्दाहरुले मंगलबार राती सडकमै रात बिताएका छन् । राति अबेरसम्म पनि भूकम्पको धक्का महसुस गरेपछि धेरै मानिस घरमा बस्न सकेका छैनन् । उपत्यकाको संविधानसभा भवन, टुडीखेलसहितका अधिकांश खुला स्थानमा मानिसहरु जम्मा भएर रात बिताएका छन् ।
विहान ११ बजेर ५६ मिनेटमा गोरखाको बार्पाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । त्यसपछि राति सवा १० बजेसम्ममा २५÷२६ पटक भन्दा बढी भूकम्पको धक्का महसुस भएको छ । राती १२ बजे विभिन्न स्थानमा मानिसहरु सुतेका थिएनन् । । उनीहरुको अनुहारमा फेरी भूकम्प आउँछ भन्ने डर थियो ।

भूकम्पमा धराहरा, बसन्तपुरसहितका ऐतिहासिक स्थानहरु ध्वस्त भएको छ । काठमाडौं उपत्यकामा मात्र ७ सय ७० जनाको मृत्यु भइसकेको छ । यो ९० शाल पछीको सबै भन्दा ठुलो भूकम्प भएको बताईन्छ । भूकम्पका कारण २९ जिल्ला प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्: