सहायक प्रजिअ कुटिए

काठमाडौं । भूकम्प पीडितलाई प्रभावकारी ढंगबाट उद्घार नगरेको भन्दै आक्रोशित स्थानीयले सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायलाई कुटपिट गरेका छन् । स्थानीयले भूकम्प पीडितको उद्धारमा ध्यान नदिएको भन्दै सहायक प्रजिअ उपाध्यायलाई कुटपिट गरेका हुन् ।
भूकम्पबाट पीडित बनेकाहरुले स्थानीय प्रसाशनले मृतक र घाइतेको उद्धारमा कुनै पहल नगरेको भन्दै केही बेर अघिदेखि नाराबाजी गरी रहेका थिए । सोही विषयमा सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायलाई उनीहरुले चौताराको टुँडीखेलमा कुटपिट गरेका हुन् ।
उपाध्यायलाई नेपाली सेना तथा प्रहरीको टोलीले सुरक्षा दिई रहेको बताइएको छ । सिन्धुपाल्चोकमा १ हजार बढीको भूकम्पमा परेर मृत्यु भएको छ । प्रहरीका अनुसार यो संख्या बढ्दो रुपमा छ ।
(

प्रतिक्रिया दिनुहोस्: