एयरपोर्ट भारतीयहरुको कब्जामा

काठमाण्डौ । शनिबार राजधानीसहित मुलुकका विभिन्न स्थानमा आएको महाभूकम्पबाट पीडित बनेका नेपालीलाई भारी मात्रामा सहयोग जारी रहँदा विभिन्न मुलुकहरुले दैविक उद्धार राहत समन्वय समितिसँग समन्वय गरेर अगाडी बढनुको सट्टा आ–आफ्नै तवरले काम गरीरहेका छन् भने कुन मुलुकले कति सहयोग गर्ने भन्ने होडबाजी पनि देखिएको छ ।
सहयोग रकम तथा आफ्ना उद्धारकर्मीहरु उद्धार गर्न पठाएका उनीहरुले अन्य मुलुकले सहयोगको नाममा आफ्नो प्रभाव विस्तार गर्ला कि भन्ने आशंकामा समेत सहयोगराशी तथा उद्धारकर्मीहरुको टोली पठाइरहेका छन् ।
विना समन्वय आफ्नै तवरले अगाडी बढ्नेमा भारत अगाडी रहेको छ । भारतले उद्धार गर्न भनेर पठाएको हेलिकप्टरसहित स्थल मार्ग भएर आएका उत्तरप्रदेश परिवहन निगमका झण्डै ५ सय रोडबेज बसहरुले भूकम्पबाट पिडितहरुको उद्धारमा भन्दा नेपाल स्थित भारतीय दुतावासले भनेको विभिन्न ठाँउहरुमा गई रहेका छन् ।

भारतीय सेनाका हेलिकप्टरहरु विना समन्वय कहाँ उडिरहेका छन् भन्ने कुरा नेपाल सरकार र गृहमन्त्रालयलाई समेत थाहा छैन् । यसैबीच भारतीय सेनाका उद्धारकर्मीहरु चीनका उद्धारकर्मीहरुको तुलनामा कम आएकी भन्ने भय र आशंका पनि भारतीय मिडियाहरुमा छताछुल्ल देख्न पाइएको छ ।
बीबीसी हिन्दी सेवामा दिव्या आर्याले लेखेको समाचारको शीर्षक ‘चीन अपने लोगो को ले गया, हम फसे है’ भन्ने छ । यहाँ उल्लेख्य कुरा के छ भने भारतको सुरक्षा निकायमा र मिडियामा नेपालमा चिनियाँ प्रभाव किन बढिरहेको छ र त्यसलाई कसरी रोक्ने भन्नेमा केन्द्रित हुने गरेको छ ।
पछिल्लो दिनहरुमा नेपालमा उद्धार गर्ने नाममा तथा भारतीय नागरिकहरुलाई पठाउने नाममा भारतीय सेना तथा गुप्तचर निकायका मानिसहरुले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमान स्थल भरिएको छ । त्यस्तो त भारतीय दुतावासले आफ्ना नागरिकहरुलाई पठाउन भनेर उनीहरुको हातमा एउटा नम्बर लेखेर पठाएको छ ।
अहिले इन्डियन एयर फोर्सका हेलिकप्टरहरु उद्धारकार्यमा भन्दा भारतबाट नेपाल आई प्रत्यक्ष प्रशारण गरी रहेका पत्रकार तथा सञ्चारमाध्यमहरुलाई डुलाउनमै केन्द्रित रहेको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका उच्च अधिकृतले बताए ।
‘उनीहरु कहाँ डुलिरहेका छन् भनेर कसले निगरानी गर्ने अहिले पूरै एयरपोर्ट नै भारतीयहरुको कब्जामा छ भन्दा हुन्छ । उनीहरुले अहिले पनि पीडितहरुलाई भन्दा आफ्ना पत्रकारहरुलाई डुलाउनमै ब्यस्त रहेका छन् ।’– ती अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्: