नागरिकसमाजका प्रतिनिधिमाथि बालुवाटारमा प्रहरी दमन

काठमाडौं । विनाशकारी भुकम्पपछि राज्यले राहत उपलब्ध गराउने प्रक्रियालाई सही तरिकाले व्यवस्थित गर्न माग गर्दै धर्नामा बसेका खगेन्द्र संगौला सहितका नागरिकसमाजका प्रतिनिनिधिमाथि बालुवाटारमा तीव्र प्रहरी दमन भएको छ ।
संग्रौलासहितको नागरिक समाजका प्रतिनिधिले राहत र उद्दारमा सरकार प्रभावकारी बन्नुपर्ने माग गरिरहेका बेला प्रधानमन्त्री निवासमै उनीहरुमाथि तीव्र दमन भएको हो ।
‘राज्यले अहिलेसम्म राहतको प्रक्रियालाई सही तरिकाले अघि बढाउन नसेककोले धर्ना दिनु परेको हो’ खगेन्द्र संग्रौलाले भने, राज्य र प्रहरी निकायलाई राहत गााउँ–गाउँमा राहत पुर्याउन माग गर्दा चरम रुपमा प्रहरी दमन भयो ।’
विनासकारी भुकम्पछि पनि राज्यले नागरिकको उद्दार राहतको लागि प्रभावकारी काम नगरेको भन्दै साहित्यकार, लेखक एवं नागरिक अगुवा खगेन्द्र संग्रौला, युग पाठक, विजयकान्त यादवसहितका अगुवासहितका ५० जनाले धर्ना दिएका थिए ।
‘जनता मर्दैछ राज्य कहाँ छ’ भन्दै बालुवाटार पुगेका उनीहरुमाथि प्रहरीले निर्मम दमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: