भुकम्पमा परी झापाका ११ जनाको मृत्यु

झापा । शनिवार गएको भुकम्पमा परी झापाका ११ जनाको मृत्यु भएको छ । भ्रमण, रोजगारी र अध्ययनका सिलसिलामा राजधानी पुगेका उनीहरुको भवनले पुरिएर मृत्यु भएको हो भने केहीको धरहरा भत्किदा मृत्यु भएको थियो ।

धरहरा चढेका बेला भुकम्प जाँदा झापा बाहुनडाँगीका मनिषा रिजाल र उनका श्रीमान् निरज खड्काको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । प्राप्त समाचार अनुसार महारानीझोडाका तीन जना, गौरादहका दुई जना बैगुनधुराका तीन जनाले पनि भुकम्पमा ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: