भूकम्पमा परी भारतीय ९ कलाकारको मृत्यु 

काठमाण्डौ । नेपालको बिनाशकाली भूकम्पमा परी तेलगु फिल्मका अभिनेता के. बिजय सहित अन्य ८ बलिडउकर्मीको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमले २५ बर्षीया बिजय आफ्ना २० सदस्य टिमका सहित नेपाल सुटिङका लागि आएको बेला भुकम्पमा परि मृत्यु भएको जनाएका छन् । ‘एकताकरम डटकम’ नामक फिल्म सुटिङबाट फर्किने क्रममा उनी चढेको कारलाई भूकम्पले भेटेपछि घटना घटेको बताइएको छ ।
अभिनेता बिजय कोरियोग्राफर समेत रहेको थिए । उनको पार्थिव शरिर जति सक्दो चाँडो स्वदेश झिकाउँन तेलगु फिल्म ईन्डष्ट्रीले सरकारसँग माग गरेको छ । त्यसैगरी नेपालमा सुटिङको तयारीमा रहेको अर्को ८ सदस्य बलिउड फिल्मकर्मीको पनि निधन भएको पुष्टी भएको छ ।

अभिनेत्री मुग्धा गोड्सेले टीवटरमा दिएको आधिकारिक भनाई अनुसार पोखरा सुटिङको क्रममा उनको टिमका ८ सदस्यको मृत्यु भएको हो । यस बिषयमा नेपाल सरकारबाट कुनै पनि आधिकारिक भनाई सार्वजनिक भईसकेको छैन् । मुग्धा चाँहि उक्त टिमका अभिनेता रुस्लान मुम्ताजका साथ काठमाण्डौमै छिन् ।

प्रतिक्रिया दिनुहोस्: