मिरिकमा ७ घर भत्किए

सिलिगुडी । भारतको मिरिकलाई केन्द्रबिन्दु बनाएर सोमबार बेलुकी गएको भूकम्पका कारण  ७ वटा घर भत्कीएका छन् ।

५.१ रेक्टर स्केलको भूकम्पका कारण अन्य  ७१ वटा घर सामान्य क्षति पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मिरिकको ‘आपदा प्रवन्धन विभाग’ का अनुसार मिरिकका ६ वटा गाउ पञ्चायतमा के कति क्षति भएको छ भनेर बुझ्नका लागिको लागि टोली पठाइसकिएको छ । मिरिकमा  ७ वटा घर पूर्ण क्षति भएको छ । साथै ७१ वटा घर सामान्य क्षति भएको टोलीले जनाएको छ ।

पटक पटक आएको भूकम्पले मानिसहरुलाई आतङ्कित बनाएको थियो । सोमवार लगभग ६ः २० बजे मिरिकदेखि केहि टाढा केन्द्रबिन्दु बनाएर भूकम्प आएको जनाइएको छ । पटक–पटकको भूकम्पको धक्काको त्रासबाट मिरिकवासीले घर छाडेर सडक र चौरमा रात बिताएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्: