सयूक्त राहत संकलन अभियान शुरु

भद्रपुर । विध्वंशकारी महाभूकम्पका पीडितलाई सहयोग गर्न झापाको सदरमुकाम भद्रपुर नगर क्षेत्रबाट नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा सम्पूर्ण संघ संस्थाले संयूक्त रुपमा राहत संकलन गर्ने भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको पहलमा मंगलवार भएको ससूक्त वैठकले झापा जिल्ला दैवी प्रकोप समितिको लक्ष्य अनुसार राहत सामग्री जुटाउन नगर क्षेत्रमा रहेका सम्पूर्ण सामाजिक संघ संस्थाले सम्युक्त रुपमा राहत संकलन गर्ने सहमती गरेका हुन् ।
सहयोग अभियानलाई बुधबारबाट सुरु गर्ने गरी कार्य आरम्भ भएको रेडक्रस भद्रपुर उपशाखा सभापति गोपाल गिरीले जानकारी दिए । पीडितको हातसम्म सहयोग पुर्याउन नगर क्षेत्रका सामाजिक संस्थाका प्रतिनिधिहरुले सम्युक्त कार्य गर्ने निर्णय गरिएको प्रेस क्लव भद्रपुरका संयोजक चिन्तामणि दाहालले बताए ।
सहयोगलाई नगदमै छिटो छरितो ढंगबाट पीडित भएठाउँ पुर्याउन सकिने भन्दै नगरका सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले स्वेच्छाले सहयोग गर्न नगरबासीलाई आव्हान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: