सिन्धुपाल्चोकका सिडियो भागेर काठमाण्डौ पुगे

सिन्धुपाल्चोक । भूकम्पबाट सबैभन्दा बढी मानविय क्षति भएको जिल्ला सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवाली राजधानी काठमाडौमा सम्पर्क्बिहिन भएर बसिरहेका छन् । त्यस्तै जिल्लाका प्रहरी नायव उपरिक्षक दिपकराज खरेल पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

 

शनिबार गएको भूकम्पमा परि गाउँका ७५ प्रतिशतभन्दा बढी घरहरु भत्किएका छन् भने, मृत्यु हुनेको संख्या १३ सय ८३ पुगेको छ । अझैँ यो संख्या कति पुग्ने हो भन्ने बारे अनुमान गर्न नसकिने स्थिती छ ।
सरकारका तर्फबाट अहिले सिन्धुपाल्चोकमा नेपाली सेनाका कर्णेल सुरेश कार्की र एलडियो युवाराज कार्की मात्रै पिडित क्षेत्रमा खटिएर काम गरिरहेका छन् ।
सरकारको तर्फबाट उचित कदम नलिएको भन्दै आक्रोसित स्थानियले सोमबार दिउसो सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद उपाध्याय माथि हातपात नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: