काठमाण्डौको जनजीवन सामान्य बन्दै

काठमाण्डौ । बिनाशकारी भूकम्पका कारण केहीदिन यता ठप्प रहेको काठमाण्डौंको जनजीवन सामान्य बन्दै गएको छ । महाभूकम्पले शनिबारदेखि प्रभाबित बनेको काठमाण्डौ बुधबार बिहानदेखि अधिकांश पसलहरु खुल्न थालेका छन् भने विभिन्न रुटकहरुमा चल्ने बस, माइक्रो र टेम्पोहरु चल्न थालेका छन् ।
भूकम्पको धक्का आउन बन्द भएपछि मानिसहरु त्रिपाल पट्याउँदै घर र डेरामा फर्कन थालेका छन् । भूकम्पविदहरुले अब ठूलो भूकम्पको सम्भावना नभएकाले नभत्किएका घरहरुमा बस्न सकिने बताएपछि काठमाडौंबासीहरु घर फर्किन थालेका हुन् ।नयाँ शैक्षिक सत्र सुरु भएसँगै भएको विपतले विद्यालयहरु भने सञ्चालनमा आउन सकेका छैनन् ।
त्रासकै कारण पसलसमेत खोल्नसमेत डराएकाहरुले भूकम्पको त्रास कम भएपछि बजार, पसल सञ्चालन गर्न थालेका हुन् । भूकम्पले असहज बनेको काठमाडौको उपत्यकाको जनजीवन बुधबारदेखि सामान्य अवस्थामा फर्किएको छ ।
ट्याक्सी वालाले बढी भाडा लिएर यात्रु ठग्ने कार्य जारी राखेका छन् भने ठूला पसलेहरुले सामानहरु लुकाइदिँदा महंगी बढ्ने र खाद्यान्यको समस्या पर्ने भय भने कायमै छ ।

प्रतिक्रिया दिनुहोस्: