गोली हान्न माग गर्दै अर्धनग्न प्रदर्शन

काठमाडौं । भुकम्पका कारण बिचल्ली भएकाहरु घर फर्किने गाडी नपाएपछि आक्रोशित भएर नयाँ बानेश्वरको सडक अवरुद्ध गरेर गोली हान्न माग गर्दै बानेश्वरमा अर्धनग्न प्रदर्शन गर्न थालेका छन् ।
उनीहरुले प्रधानमन्त्री सुशील कोइराला तथा गृहमन्त्री बामदेव गौतमको विरुद्ध नाराबाजी गरी रहेका छन् । प्रहरीले दमन गरेर हटाउने प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन । हजारौंको संख्यामा रहेका जनताले गोली हान्न माग गर्दै अर्धनग्न जुलुस प्रर्दशन गरी रहेका हुन् ।
बिहानै ४ बजेदेखि नयाँ बानेश्वरको संविधानसभा अगाडी लाइनमा बसेका जनताले अन्तिम अवस्थामा गाडी नपाउने जानकारी पाएपछि सडक अवरुद्ध गरेर नाराबाजी गरी रहेका छन् ।
बानेश्वर तनावपूर्ण बन्दै गएको छ । मंगलबारदेखि नै निशुल्क गाडीको व्यवस्था गरिएकाले सबैलाई बानेश्वर आउन आग्रह गरेको सरकार तथा उच्च माध्यमिक विद्यालय संघ (हिसान)ले गाडीको व्यवस्था गर्न नसकेपछि अन्तिम अवस्थामा आएर भोलीदेखि कुपनको व्यवस्था गर्ने बताएपछि झडपको स्थिति पैदा भएको हो ।

प्रतिक्रिया दिनुहोस्: