फेरि गयो भुकम्प

काठमाण्डौ । नगरकोटलाई केन्द्रबिन्दु बनाएर बुधबार दिउसो ४.४ रेक्टर स्केलको भुकम्प गएको छ ।

शनिबारदेखि लगातार गइरहेको भुकम्प आजदेखि केही मथ्थर भएपछि जनजीवन सामान्य बन्दै गइरहेको छ ।

शनिबार मध्यान्ह गएको विनासकारी महाभुकम्प पछि दिनहुँ साना ठूला भुकम्प गइरहेका छन् । राती १२ बजेदेखि अहिले साढे ६ बजेसम्म मात्र ५ वटा चार रेक्टर स्केलभन्दा माथिका भुकम्प गएको भुगर्व विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: