भुकम्प पीडितलाई सहयोग जुट्दै

भद्रपुर । भुकम्प पीडित झापालीहरुलाइ घर फर्काउनको लागि जिल्ला प्रशासन कार्यालय झापाले यातायात ब्यवसायी हरुसँग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले ब्याबसायी संग छलफल गरेका हुन् ।
छलफलमा सहभागी मेचीबस ब्यवसायीसँघका अध्यक्ष श्रीप्रसाद मैनालीले भूकम्प पीडितका लागि सङघले १० वटा गाडीलाई प्रशासनको सहकार्यमा बिहिबार काठमाण्डौ पठाइ निशुल्क रुपमा पिडितलाइ झापा ल्याउने बताए । अन्य यात्रुलाइ भने सरकारले तोकेको भाडा दर भन्दा बढी नलिने उनले बताए ।
उज्यालो यातायातब्यावसायी संघका अध्यक्ष भुपु राइले उज्यालो यातायातले एक गाडी बराबर ५ जनालाई निशुल्क काठमाण्डौबाट झापा ल्याई रहेको बताए । उपस्थित अन्य ब्यावसायीहरुले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
यसैबीच राष्ट्रिय बिपतीको घडीमा झापामा बसोबास भइ हाल बिभिन्न प्रयोजनमा काठमाण्डौमा रहेका र हाल सम्म पनी सम्पर्कमा नरहेका झापाली नागरीक हरुको नाम , हुलीया रहेको स्थान समेत खुलाइ नजिकको सुरक्षा निकायहरुलाइ खबर गर्न परिवारलाई जिल्ला प्रशासन झापाले अपिल गरेको छ । बिपदमा परेकाहरुको उद्दारका लागी परिवारले जिल्ला प्रशासन कार्यलय झापामा हुलीया दिएमा खोजीका साथ राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए ।
यता नेपाल बार एशोशियसनले भुकम्पबाट पिडितहरुको लागी राहत स्वरुप एकलाख १ हजार १सय ११ रुपैया नगद सहयोग गरेको छ । अध्यक्ष गजेन्द्र आचार्य, केन्द्रिय उपअध्यक्ष जनक पाण्डे, पुर्ब उपाध्यक्ष अशोककुमार पोखरेल , लगाएतका कानुन ब्याबसायीहरुले प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेललाइ जिल्ला दैबिक प्रकोप उद्दार कोष मार्फत बिपदमा परेका हरुलाइ वुधवार सो रकमको चेक हस्तान्तरण गरेका हुन् । यसैबिच बारएशोशिएसन कर्मचारी झापाले पनि कर्मचारी परशुन इङनामको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाइ ९ हजार ८ सय ३८ रुपैया राहत रकम उपलब्ध गराएकको छ ।
यसैगरि भद्रपुर नगरपालीका र नेपाल रेडक्रस सोसाइटी झापाको संयोजनमा भद्रपुरका १दर्जन भन्दा बढी संघसंस्थाले राहत संकलन कार्य जारी राखेका छन् । रेडक्रसकर्मी ,उधोगी ब्यापारी ,ब्यावसायी निजी संस्थाका प्रतिनिधिहरुलगाएतको उपस्थितिमा भद्रपुर बजारबाट राहत संकलन अभियान सुरुवात गरेका हुन् ।
राजधानीबाट झापा फर्कन चाहनेका लागि निजी तथा आवाशिय बिद्यालय अर्गनाइजेशन प्याब्शन झापाले बुधवार झापाबाट दशवटा बस काठमाडौं पठाएको छ । प्याब्शन झापाका अध्यक्ष मिलन ढुङ्गानाले दिएको जानकारी अनुसार आश्यश्क परे थप बस पढाउने बताए । उनले झापा फर्कन चाहनेलाई ९८५२६७९२६० नमबरमा सम्पर्क गर्न समेत आग्रह गरे । दमक नगरपालिका र दमक जेसीजले मंगलवार ३५ वटा बस काठमाडौं पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्: