भूकम्पले प्रभाबित बन्यो मनोरञ्जन क्षेत्र

निबार आएको बिनासकारी भूकम्पले देशका सबै क्षेत्रमा असर पुर्याएको छ । हजारौले ज्यान गुमाएका छन् भने अरौबौको क्षती भएको छ । सबै व्यापार व्यवसाय कलकारखाना ठप्प छन् । यो समयमा मनिसहरू कसरी बांच्न सकिन्छ भन्दै भुकम्पको असारबाट बच्न आश्रय खोजिरहेका छन् ।

यस परिस्थितीमा नेपालका हलहरुमा फिल्म चल्नु र फिल्मको सुटिङ गर्नु तथा अन्य मनोरञ्जन गर्ने उपायको खोजी गर्नु मुर्खता हुनेछ । त्यसैले हाल छायांकनमा रहेका नेपाली फिल्मको केही दिनका लागि सुटिङ स्थगित गरिएको छ भने रिलिज हुन लागेका फिल्मको मिती सार्ने क्रम जारी छ ।

केही दिनदेखि छायाँकनमा रहेका फिल्म ’ब्रास्लेट’, ’ड्रिम’, ’दोख’ लगायतका फिल्मको सुटिङ केही साताका लागि रोकिएको छ । यस्तै फिल्म हलहरू पनि केही दिनका लागि बन्द गरिएको छ । काठमाण्डौमा रहेको क्यूएफएक्सले एक महिना हल नचलाउने निर्णय गरेको छ । फिल्म ’क्लासिक’को सुटिङ मिती पोष्टपोन्ड गरिएको छ ।
यता गत शुक्रबार रिलिज भएको फिल्म ’रेशम फिलिली’ले अनिश्चितकालका लागि प्रदर्शन रोकेको छ भने रिलिज हुन लागेका फिल्म ’होस्टल रिटर्नस’, ’हाईवे टू धम्पुस’ लगायतले आफ्नो रिलिज मिती सार्ने निर्णय गरेका छन् । बैशाख र जेठमा रिलिज हुन लागेका अन्य फिल्मले पनि रिलिज मिती सार्ने तयारी गरेका छन् । हलीउड फिल्म ’हाईवे टू धम्पुस’ले नेपाल रिलिज पोस्टपोण्ड गर्दै भुकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

यता रिलिजको क्रममा रहेको फिल्म ’चकलेट’ युनिट भुकम्प पीडितको सहयोगका लागि चन्दा तथा कपडा संकलन अभियान सुरु गरेको छ । अभिनेत्री रेखा थापा भुकम्प पीडितलाई सान्त्वना दिन र सहयोग गर्न पीडितहरूलाई सहयोग गर्न थालेकी छिन् । उनले राहत सामाग्री वितरण गरेकी छिन् । यता विश्व चर्चित फेसन डिजाईनर प्रवल गुरूङले अमेरिकामा र गायक तथा अभिनेता प्रशान्त तमाङले भारतमा राहत संकलन गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्: