यातायात नपाएपछि सरकार बिरुद्ध नाराबाजी

काठमाण्डौं । काठमाडौंमा महाभूकम्पपछि रोगको महामारी फैलिने डरले घर फर्किन लागेकाहरुले सरकार विरुद्ध नाराबाजी गरेका छन् ।
उनीहरुले ‘यस्तो सरकार चाहिँदैन’, ‘गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाउदै सरकार बिरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरुलाई राहत र पुनः स्थापना नभएर त्यस्तो आक्रोश पोखेका होइनन् रोगको महामारी फैलिने त्रासले काठमाडौं छाड्न् खोज्दा यातायात नपाएपछि सरकार बिरुद्ध आक्रोश पोखेका हुन् ।

काडमाण्डौको तीनकुनेबाट सरकारले निःशुल्क बसको व्यवस्था गरिदिएको छ । ती गाडीहरुले तोकिएको स्थानम्म यात्रुहरुलाई निःशुल्क पुर्याउँछन् । हिसान, विद्यार्थी संगठनहरुसँग मिलेर सरकारले बसको व्यवस्था गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्: