सलमान खानले आफ्नो जात भारतीय बताए

एजेन्सी । बलीउड अभिनेता सलमान खानले जोधपुरको अदालतमा आफ्नो जात इन्डियन भएको बताएका छन् । उनी १९९८ मा आम्स एक्ट को सुनवाइको लागि जोधपुर अदालत पुगेका थिए ।

सुनवाइको लागि जजले जब सलमानको जात सोधे सलमान भने–‘ म भारतीय हुँ ।’ उनको जवाफ सुनेपछि जजले भने–‘ भारतीय त हामी सबै हौ ।’ अनि सलमान भने–‘ मेरा पिता मुस्लिम र आमा हिन्दू हुन् ।, त्यसैले म आफुलाई इन्डियन भन्छु ।’ अनौठो कुरा त के छ भने सलमानका मातापिता पनि अलग–अलग धर्मका छैनन् । उनका भाईबहिनीका लाइफ पार्टनर पनि अलग धममा दिलचस्बी राख्छन् । सलमानकी आमाको असली नाम सुशीला चरक हो ।

सलमानले अदालतमा उनकी आमा हिन्दू र बुबा मुस्लिम भएको बताए । सलमानका पिता र स्क्रिप्ट राइटर सलीम खानले १९५४ मा सुशीला चरकसँग बिबाह गरेका थिए । सुशीलाको जन्म मराठी हिन्दू परिवारमा भएको थियो भने सलीम खानसँग बिबाहको लागि उनले इस्लाम कुबूल गरेर उनको नाम सलमा राखेकी थिइन् ।

तर , सलीम खानकी अर्की पत्नी हेलन क्रिश्चियन धर्मकी थिइन् ।
सलीम खान र सलमा उर्फ सुशीला चरकका ४ जना छोराछोरी छन् । सलमान, अरबाज, सोहेल र अलविरा । अर्पिता खान शर्मा उनकी गोद लिएकी छोरी हुन् । मुख्य कुरा यो छ की उनहरुका छाराछोरीले पनि अलग धर्मकासँग बिबाह गरेका छन् । अरबाज र सोहेलले हिन्दू परिवारका केटीहरुलाई पत्नि बनाएका छन् ।अरबाजकी पत्नी मलाइका अरोड़ा खान पन्जाबी हिन्दू परिवार हुन् । त्यस्तै सोहेल खान की पत्नी सीमा सचदेव पनि हिन्दू नै हुन् ।

भनिन्छ सीमाका परिवार बिबाहको खिलाफ थिए त्यसैले सोहेलको साथ भागेर बिबाह गरेका थिए । सलमानकी बहिनि अलविरा खान पनि हिन्दू कलाकार पोडुसर अतुल अग्निहोत्रीको पत्नी भइन् अब अर्पिता खानले अघिल्लो बर्ष दिल्ली बेस्ट हिन्दू बिजनेसमेन आयुष शर्मासँग बिबाह गरिन् । सलमान खानको बारेमा एउटा भनाई छ उनी आफ्नो घरलाई मिनी इन्डिया भन्छन् । त्यसैले भन्छन उनको परिवारमा हिन्दू,मुस्लिम र क्रिश्चियन सबै धर्मका मानिस छन जुन एउटै घरमुनी बस्छन् ।

प्रतिक्रिया दिनुहोस्: