बलिउड कलाकारबाट पनि भूकम्प पीडितलाई राहत संकलन हुँदै  

एजेन्सी । बलिउडका अनिल कपूर, दीया मिर्जा र वीर दास जस्ता हस्तीहरुले  नेपालका भूकम्प प्रभाबितहरुलाई एकजुट भएर सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

धेरैजसो बलिउडका  हस्तिहरुले सहयोग राशी जम्मा गर्ने  अनलाइन मञ्च मार्फत एकैसाथ दिन आग्रह गरेका हुन् । फिल्म अभिनेता कुणाल कपूर यस अनलाइन मञ्चका  सह–संस्थापक छन् , जुन नेपालको सहयोगको लागि ट्वीटरमा  ‘ज्वोइनहेड्स फोर नेपाल’ टेगकोसाथमा एउटा अनलाइन अभियानको संचालन गरिरहेका छन् ।

 

फिल्म क्षेत्रका दीया मिर्जा, अनुपम खेर, अदिति राव हेदरी, नरगिस फाखरी, अभिषेक बच्चन, गौरव कपूर, लीजा रे जस्ता सिने हस्तिहरुले यो केट्टो अभियानलाई अगाडी बढाउने जिम्मा लिएका छन् । अभियानको लक्ष्य नेपालका भूकम्प पीडितहरुको लागि रकम जम्मा गर्नु हो । जुन जीवन रक्षा किट खरीदकर केयर इन्डियामा जम्मा गर्नु हो । त्यो रकम नेपालका  भूकम्प पीडितहरुलाई पुर्नवासको लागि कार्य गर्नेछ । प्रत्येकको जीवन रक्षा किटमा  तिर्पाल, चटाई र  साफ–सफाईसँग जोडीएका सामाग्री हुन्छन् त्यसको मूल्य  प्रति किट ५ हजार रुपैयाँ पर्छ ।

 

दीयाले ट्वीटरमा लेखेकी छिन् ‘तपाई नेपालका  भूकम्प पीडितहरुका लागि सहयोग जुटाउन मद्दत गर्न सक्नुहुन्छ ।   एउटा जीवन रक्षा किटको मुल्य पाँच हजार रुपैयाँ छ । धन्यवाद।’ गौरवले ट्वीटरमा लेखेका छन् ‘ म जान्दछु तपाईहरु कती मानिसहरु नेपालमा राहत कार्यमा मद्दत गर्न चाहनुहुन्छ । कुनै रकम धेरै थोरै हुदैन तपाईहरु दान गर्न सक्नुहुन्छ । वरुण धवन, आलिया भट्ट, श्रद्धा कपूर जस्ता नयाँ  पीढ़ीका सिने हस्तिहरुले पनि  केट्टो अभियानका साथ दिएका छन् । उनीहरुले पनि ट्वीटरमा लेखेका छन् ‘ मानिसको मद्दतको लागि तपाईहरुको आवश्यक छ । मसँग आउनुस् र मद्दतको लागि हात उठाउनुस्  एउटा जीवन रक्षा किटको मूल्य पाँच हजार रुपैया छ ।’

फिल्मकार करण जौहरले आफ्ना दर्शकलाई आग्रह गरेका छन्  दान राशि रोहन श्रेष्ठलाई पठाउनुस् जो  नेपालका हुन् । उनले नेपाली रिलीफ नामको सहयोग मञ्च बनाएका छन् । यो मञ्च काठमाण्डौमा पीडितहरुको सहयोको लागि  प्रयासरत छ । उनले ट्वीटरमा लेखेका छन् ‘कृपया नेपालका  पीडितहरुको सहयोगको लागि अगाडी आउनुस् ।’

अभिनेता अनिल कपूरले पनि आफ्ना दर्शकलाई आग्रहगरेका छन्  किया कि ब्रिटेन की सेव द चिल्ड्रन संस्थालाई दान दिनुस् जुन नेपालमा भूकम्प पीडित बच्चाहरुको मद्दतमा  प्रयासरत छ । अनिलले लेखे प्राथना र  सम्बेदना सबैलाई छ राहत कार्यमा साथ दिनुस् ।

प्रतिक्रिया दिनुहोस्: