भुकम्प पीडितलाई बिएनसीको २ लाख ५० हजार

बिर्तामोड । बिर्तामोडमा हालै स्थापना भएको विएनसी मेडीकल कलेजले भुकम्प पीडितका लागि २ लाख ५० हजार रुपैया राखेर राहत कोष खडा गरेको छ । हस्पिटलले एनएमवी बैंकमा खाता खोली राहत कोष स्थापना गरेको जनाएको छ ।
विएनसीले पत्रकार सम्मेलन आयोजना गरि हस्पिटलको तर्फबाट १ लाख र १ दिनको कर्मचारीको तलब १ लाख ५० हजार जम्मा गरेको जनाएको छ । संकलित रकम प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री राहत कोषमा पठाइने मेडीकल डाइरेक्टर उमेश शर्माले बताए । उनले हस्पिटलको तर्फबाट भुकम्प पीडितलाई १० दिनसम्म सबैखालका उपचार निशुल्क गर्ने निर्णय भएको जानकारी समेत दिए ।
गत फागून १८ गतेदेखि शुरुवात भएको हस्पिटल बैशाख २४ गतेदेखि पुर्ण रुपमा सञ्चालन हुने जनाइएको छ । अस्पतालका निर्देशक महेन्द्र प्रसाइले भौतिक पुर्वाधार जडान गरिसकेकोले पुर्णरुपमा सञ्चालनको तयारी गरिएको जानकारी दिए ।
प्रबन्ध निर्देशक दुर्गा प्रसाइले सिलिगूडी तथा अन्य स्थानमा हुन नसक्ने उपचार विएनसीमा हुने जानकारी दिए । उनले विएनसीले बिना शुल्क ओपीडि सेवा प्रदान गरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: