झापामा राहत संकलन तीब्र

बिर्तामोड । भूकम्प पीडितका लागि झापामा राहत संकलन कार्य तीब्र बनाइएको छ । प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलका अनुसार हाल सम्म ९ लाख १६ हजार १ सय ६१ रुपैयाँ नगद संकलन भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारी पौडेलले ७७ लाख भन्दा बढी मूल्यको जिन्सी सामान पीडितहरुका लागि जिल्ला–जिल्ला र्पुयाई सकिएको जानकारी दिए ।

यसैगरी छिमेकी राष्ट्र भारतका विभिन्न राज्यबाट सहयोग गर्न चाहने दाता व्यक्ति तथा संघ संस्थाहरुले जिल्ला दैवि उद्धार समितिसंँग सहकार्य गर्नुपर्ने समेत स्पष्ट पार्दै प्रजिअ पौडेलले बिना समन्वय राहत सामग्री पठाउन नसकिने सरकारी नीति रहेको बताए । झापा संगै बंगलादेश, भारतका सामाजिक संघ–संस्था र व्यक्तिहरुले पक्रिया पुर्याएर सहयोग गरिरहेको प्रजिअको भनाइ छ ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाबाट ३ लाख ५१ हजार, कर्णाली बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख १ हजार, नेपाल बार एसोसिएसन झापाबाट १ लाख ११ हजार १ सय १, मेची नेत्रालय काँकरभिट्टाबाट १ लाख १ रुपैयाँ, एन प्याब्सन क्लाष्टर झापाबाट १ लाख १ हजार, हाम्रो नेपाल बचत तथा ऋण सकारी संस्थाबाट ५० हजार १ सय, मेची मनी चेन्जर ब्यवसायी संघ काँकरभिट्टाबाट ५१ हजार लगायत अन्य बिभिन्न संघ संस्थाबाट ५१ हजार १ सय ११ रुपैया“ गरी ९ लाख १६ हजार १ सय ६१ रुपैयाँ राहत संकलन भएको हो ।

झापाका अन्य बिभिन्न संघ संस्थाबाट चार करोड मूल्य बराबरको खाध्यन्न र जिन्सी सामानहरु राहत संकलन भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपालका भुकम्प पिडीतका लागि पूर्वी नाका हुदै भारतको दार्जी्लिङ, सिक्किम लगायतबाट राहत आउने क्रम जारी रहेको छ ।

राहत सामाग्रीको भन्सार बुझाउनुपरेको गुनासो आइरहेका बेला यसरी आउने राहतको भन्सार १ रुपैयाँ पनि नलाग्ने पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी रबिन्द्र नाथ रेग्मीले जानकारी दिए । राहत सामाग्री बापत २० प्रतिसत भन्सार लिइदै आएको कुरा झुटो भएको भन्दै उनले स्वत स्फुर्त रुपमा राहत सामाग्री जम्मा गर्न सकिने बताए । भारतबाट आएको राहत सामाग्री प्रहरीले बिशेष छानबिन गरि स्कटिङ गरेर नेपाल भित्राई प्रभाबित क्षेत्रमा पु¥याउने छ ।

प्रतिक्रिया दिनुहोस्: