धरहरामा मर्नेको संख्या ५० पुग्यो

काठमाडौं । शनिबार गएको भूकम्पका कारण पूर्णरुपमा ध्वस्त भएको काठमाण्डौको धरहराबाट अहिलेसम्ममा ५० वटा शव निकालिएको छ । अझै धरहरामा कतिवटा शव छन भन्ने यकिन हुन बाकी नै छ । क्षतिग्रस्त भीमसेनस्तम्भ वरपर दुर्गन्ध फैलन नदिन काठमाडौँ महानगरपालिका तथा स्थानीय युवा क्लबले फिनेल छर्केका छन् । भग्नावशेष हटाउन नेपाल प्रहरी र महानगरपालिकाका ५ टिपर, ३ डोजर र स्काभेटर परिचालन गरेको तथा उक्त क्षेत्रको सुरक्षामा ६० प्रहरी खटाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: