भारतीय विदेशसचिव नेपाल भ्रमणमा

काठमाडौं । भारतीय विदेशसचिव एस जयशंकर नौ घन्टे नेपाल भ्रमणमा आएका छन् । भूकम्पपछिको उद्दार तथा राहतबारे जानकारी लिन विदेशसचिव जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल शुक्रबार विहान काठमाडौं आएका हुन् । उनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र विदेशमन्त्री महेन्द्रबहादुर पाण्डेलाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: