रानी मुखर्जी सोसियल मीडियाको प्रयोग गर्दिनन्

एजेन्सी । बलीउड अभिनेत्री रानी मुखर्जीले सोसियल मीडियालाई कुनै पनि कुराको लागि प्रयोग नगर्ने बताएकी छिन् ।

रानीले आफ्ना दर्शकहरुलाई सचेत गरेकी छिन् त्यस्ता मानिससँग सावधान रहनुस् उनका नाममा सोसियल मीडियामा सक्रिय छन् ।
रानीले आफ्नो एउटा बयान पनि जारी गरेकी छिन् । त्यसमा उनले भनेकी छिन् ‘म यस समय सोसियल मीडियाको प्रयोग गरिरहेकी छँुइन ।

उनले भनेकी छिन् ‘ म अहिले सोसियल मिडीया छुँइन र त्यो भन्दा अगाडी पनि थिइन । तर, केही बहुरुपी छन् जो रानी मुखर्जीको नाममा सोसियल मीडियामा मानिसहरुलाई ढाँटिरहेका छन् ।

उनले यस्ता ब्यक्तिदेखि सावधान रहन आवश्यक भएको बताइन् ।‘नो वन किल्ड जेसिका’ मा राम्रो एटिङ्ग गरेकी रानी २०१४ मा फिल्म ’मर्दानी’ मा देखा परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्: