सभासद गिरीद्धारा घर फर्कनेलाई बसको ब्यवस्था

बिर्तामोड । विनासकारी भूकम्पमा पर्ने झापाली पिडतलाई घर फर्कन चाहेमा झापा क्षेत्र नं ४ का सभासद प्रेमबहादुर गिरीको सहजीकरणमा चारवटा बसको व्यवस्था गरिएको छ ।
सभासद गिरीको अगुवाईमा चारवटा बसको व्यवस्था मिलाइएको उनका निजी सचिव पर्वत मगरले जानकारी दिए ।

जसमध्ये बुधबार र विहीबार एक–एक वटा बस राजधानीबाट झापा आएका छन् भने शुक्रबार दुईवटा वस झापाको लागि प्रस्थान गरेका छन् । बस व्यवस्थापनका लागि सभासद गिरीले आवश्यक रकमको व्यवस्था मिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: