सरकारी अस्पतालले मेडिकल कलेज चलाउन सक्दैन : निर्देशक प्रसाई

मेची अञ्चलकै बिकसित जिल्लाको रुपमा परिचित शहर हो झापाको बिर्तामोड । झापाको शनिश्चरे गाबिस वडा नं.–७ मा बि.स. २०१९ सालमा बुबा कृष्ण र आमा कौशिलादेबी प्रसाईको कोखबाट जन्मिएका ४३ बर्षिय दुर्गा प्रसाई बिर्तामोड नगरपालिका–६ का स्थानीय बासिन्दा हुन् । बि एण्ड सी हस्पिटल बिर्तामोडका कार्यकारी निर्देशक समेत रहेका प्रसाईसँग मेची खबरले गरेको संक्षिप्त कुराकानी ।
१. हस्पिटल निर्माण भएको छ, यो प्रेरणा तपाईलाई कसले दियो ?14

मेरो परिवारका सदस्यबाट अनि सिङ्गो मेची अञ्चलवासी साथै बिशेष गरी झापा बासीको प्रेरणाले यो हस्पिटलको निर्माण भएको हो ।

२. कती रकमको लागतमा यो बि एण्ड सी हस्पिटलको निर्माण गरिएको हो ?

लगभग ६ अर्बको योजना हो, हस्पिटल बनिसकेको हो भन्दा पनि बनिरहेको नै छ भन्दा राम्रो होला । भौतिक संरचना आवश्यकता अनुसार बढाउँदै लानेछौ । अहिले जम्मा लागत यति नै भन्न सक्ने अवस्था छैन ।
३. हस्पिटल बनाउदै जाने क्रममा थप योजना पनि छन् की ?

हाम्रो मुख्य योजना भनेको मेची अञ्चलमा मेडिकल कलेज सञ्चालन गर्ने हो । यो हस्पिटलको भौतिक संरचना र क्षमता पनि मेडिकल कलेज सञ्चालन गर्न सक्ने भन्दा धेरै गुणा माथि छ । त्यो तयारी भइरहेको छ ।
४. सम्बन्धन दिने नदिने बिबाद छ नी ?

सम्बन्धनका बिषयमा भन्नै पर्दा डाक्टर गोबिन्द केसीले पनि भ्याली बाहिर सञ्चालनको बिषयमा बिबाद ल्याएका छैनन र हामीलाई बिश्वास छ त्यो बिबाद आउदैन । भ्याली बाहिर दिने कुरा छ ।

५. भ्याली बाहिर पनि निजि हस्पिटललाई नदिने कुरा छ नी ?

मेची अञ्चल अस्पतालले कुनैपनि हालतमा मेडीकल कलेज सञ्चालनमा ल्याउन सक्दैन । भौतिक पुर्वाधार पनि छैन । अञ्चल अस्पतालको हालत हेर्दा सबैलाई लाग्छ त्यो सम्भब छैन । हामीलाई बिश्वास छ मेची अञ्चलबासीको हितका लागि कुनैपनि हालतमा हामीले सम्बन्धन ल्याउन सफल हुने छौं ।

६. सम्बन्धन दिने या नदिन भन्ने बिषयमा राजनीतिक बिबाद पनि छ की ?

राजनीतिक बिबाद स्वास्थ्य क्षेत्रमा हुनु राम्रो होइन । मलाई बिश्वास छ त्यस्तो हुँदैन ।

७. तपाईको हस्पिटलले भूकम्प पीडितलाई कस्तो सेवा दिदै छ ?

हामीले भूकम्पबाट पीडित बनेकाहरुलाई हस्पिटलमा आएर सबै किसिमका निःशुल्क सेवा लिन आग्रह गरेका छौ । १० दिनसम्म यो सेवा खुल्ला राख्ने निर्णय गरेका छौं ।

८. सरकारलाई जानकारी छ त यो सेवाको बारेमा ?

हामीले नेपाल सरकारलाई जानकारी गराइसकेका छौं । यसै मिडीया मार्फत पनि म आग्रह गर्छु की उपचार नपाएका भूकम्प पीडितहरुले बि एण्ड सी हस्पिटलमा आएर उपचार गर्नुस् । अस्पतालले भूकम्प पीडितका लागि २ लाख ५० हजार नगद दिने समेत घोषणा गर्दछु ।

९. अन्त्यमा केही छ की ?

भूकम्प पीडितको उद्दारमा लाग्न सरकारसँग जोडदार माग गर्दछु । साथै केही कुरा राख्ने अवसर दिएकोमा मेची खबर परिवारलाई धन्यबाद दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्: