पत्रकार बम्जनको शब फेला

काठमाण्डौ । वैशाख १२ गते शनिबार भएको भूकम्पमा परी पत्रकार सुमन बम्जनको मूत्यु भएको छ ।

घरयासी सामान खरिद गरेर कोठा तर्फ जाँदै गरेका बम्जनलाई विनाशकारी भूकम्पले भत्काएको घरले पुरेको थियो ।

गोरखापत्र दैनिकमा आवद्ध पत्रकार बम्जनको शव महाबौद्धस्थिति भग्नावशेषबाट ८ दिन पछि शनिबार निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस्: