भूकम्पको धक्का आउने क्रम घटेन

गोर्खा । गोरखाको वारपाकमा केन्द्र बनाएर पुनः अर्को भूकम्प गएको छ । शनिवार विहान साढे ११ बजे त्यहाँ ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । यसको धक्काबाट थप केही घरहरु भत्किएका छन् । यसअघि गत शनिबार गोरखाको वारपाकमै ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प जाँदा राष्ट्रिय विपत्ति निम्तिएको थियो ।

त्यसको ठिक एकसातापछि पुनः वारपाकमै केन्द्र बनाएर भूकम्प गएको हो । शनिबार नै बिहान ३ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केलको र ५ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.३ रेक्टर स्कलको भूकम्प गएको थियो । एक सातासम्म पटक–पटक साना भूकम्प गैरहेका छन् ।

पटक–पटक साना भूकम्प जानु स्वाभाविक भएको भूकम्पविदहरुले बताएका छन् । यसअघि कमजोर भएका भौतिक संरचना साना धक्काहरुले भत्किने भएकाले सचेत रहनुपर्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: