राजेश हमालले भूकम्प पिडीतलाई सहयोग अभियान थाले

हिले नेदरल्याण्डमा रहेका अभिनेता राजेश हमालले त्यहीबाट नेपालको भुकम्प पीडितका लागि राहत संकलन शुर थालेका छन् । नेदरल्याण्डको आम्र्सटरडममा रहेका हमालले शनिबार बिहानदेखि उक्त अभियान थालेका हुन् ।
नेदरल्याण्डमा पत्रपत्रिका तथा टिभि इन्टरभ्यु मार्फत हमालले नेपालको भुकम्प पीडितका लागि सहयोगका लागि आहवान गरेको हमालले फेसबुकमा उल्लेख गरेका छन् ।
एनले यसरी जम्मा भएको रकमको ९० प्रतिशत नेपालमा कार्यरत विभिन्न फाउन्डेसन मार्फत वितरण गरिने उल्लेख गरेका छन् । पत्नी मधुका साथ अमेरिका उडेका हमाल अमेरिकाबाट नेदरल्याण्ड पुगेका थिए । हमाल आउँदो बिहिबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: