ताप्लेजुङको कारागार भत्कियो, कैदी सुरक्षामा चुनौती

ताप्लेजुङ । भूकम्पले चर्किएको ताप्लेजुङको कारागार भत्किएपछि कैदी सुरक्षामा चुनौती थपिएको छ । यसअघि पनि पटक–पटक भत्किएको पर्खाल टालटुल गरी मर्मत गरिएको थियो । जिर्ण कारागारको दक्षिण पट्टीको चौडाइ भागको २५ मिटर पर्खाल तलैबाट भत्किएको कारागार प्रमुख मेघराज भारतीले जानकारी दिए ।

२५ जना क्षमता भएको कारागारमा अहिले १०७ जना कैदीरबन्दी राखिएको छ । ‘भूकम्पले पर्खाल भत्किएपछि कैदीहरु भाग्न सक्ने र उनीहरुलाई कसरी सुरक्षा दिने भन्ने चुनौती थपिएको छ,’ डिएसपि शान्तिराज कोईरालाले भने । कारागारको अन्य भाग पनि चर्किएकाले अझै भत्कने खतरा रहेको उनले जानकारी दिए । विक्रम संवत् १९५२ मा सो कारागार निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: