तामाङ्गले पुर्नजीवन पाएपछि

भद्रपुर । न्यूरो हस्पिटल विराटनगरवाट रिफर गरिएका एक विरामीलाई झापाको ओमसाई पाथिभरा अस्पतालले पुनरजिवन दिएको छ । झापा मेचिनगरपालिका–१ का ६० वर्षिया राजु तामाङ्गलाई पुनरजिवन मिलेको हो ।

परिवारले दिएको जानकारी अनुसार चैत्र ७ गते वेलुका मेचिनगरपालिकाको धुलावारीमा को.१ झ २००३ नं.को मारुती भेनले ठक्कर दिएर गम्भिर घाईते भएका तामाङ्गलाई उपचार गर्न विर्तामोड स्थित कञ्चनजंघा हस्पिटल लगीएको थियो ।

१ दिन उपचार गराई त्यहाँवाट रिफर गरी विराटनगर स्थीत न्युरो हस्पिटलमा भर्ना गरिएको थियो । सात दिनसम्म उपचार कक्ष आइसियुमा राखेर उपचार गराउदा पनि विरामीको अवस्थामा खासै परिर्वतन नदेखिएको तामाङ्गकी श्रीमती फुलमायाले बताइन् ।

उनले भनिन् गाडी मालिक र मैले सल्लाहा गरी मेरो श्रीमान अव वाच्दैन , वरु सास सजिलै जाओस भनेर घर पायक कुनै अस्पतालमा लगेर राख्ने भनी ओम साई पाथीभरा हस्पिटल भद्रपुरमा ल्याएको थिए ।

उनले भनिन्– हस्पिटलका सञ्चालक तथा अस्पतालका निर्देशक बालकुमार पोखरेल सँग सम्पर्क रहेर हामिले विरामीलाई न्युरो हस्पिटलवाट डिस्जार्ज गरी सोझै ओम साई पाथीभरा हस्पिटल ल्याई उपचार प्रकृया अगाडी वढाएका थियौं ।

चैत्र १६ गते विराटगरवाट भद्रपुर ल्याई उपचार गराउदा मैले आसै नगरेको मेरो श्रीमान अहिले सामान्य हिडडुल र गफ गर्न सक्ने अवस्थामा हुनुहुन्छ । खुशी हुदै उनले हस्पिटलका सम्पूर्ण चिकित्सक, कर्मचारी र विशेषत डा. रोहित प्रसाद यादवलाई धन्यवाद दिएकी छन् ।

उपचारमा संग्लन चिकित्सक डा. यादव भन्छन ‘ विरामीको अवस्था अत्यन्त गम्भिर अचेत अवस्थामा रहेको, विरामीलाई नियमित अक्सिजनमा राख्नु पर्ने, अक्सिजन वेगर विरामीलाई राख्नै नसकिने व्लड प्रेसर मेन्टेन्ट नभएको र विरामी जुनै वेला पनि मर्न सक्ने अवस्थामा थियो’ ।

मैले विरामीलाई हेरे पछि विरामीको अभिभावकसँग उपचारमा लामो समय लाग्न सक्ने सुनाए । विरामीको उपचार हुने सम्भावना कम छ, उपचारमा रकम पनि बढी खर्च हुने उनले बताएका थिए । खर्च सवै गाडीवालाले व्यहोर्ने हो , जे हुन्छ होस मेरो श्रीमानको सास आरामले जाओस भने पछि हामिले उपचार अगाडी बढाएका हौ–डाक्टरले भने ।

विरामीको स्वास्थ्य क्र्रमिक रुपले अहिले निकै सुधार भएको, खान सक्ने सामन्य हिडडुल गर्न सक्ने भएका छन् । समग्रमा विरामी वाचेका छन , तर गम्भिर दुर्घटनावाट वचेकोले वेला–वेला उनलाई मानसिक समस्या देखिएको र सो पनि मानसिक रोग विशेषज्ञ डाक्टरको परामर्शमा उपचार गरे सुधार आउने उनले बताएका छन् । ३२ दिन सम्म उपचार गरी विरामी शनिवार घर फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्: