१ सय ९६ टनभन्दा बढी तौल भएका जहाज अवतरण गर्नमा रोक

काठमाण्डौ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ठूला जहाजहरु उडान अवतरणमा रोक लगाइएको छ । अत्याधिक उडान अवतरणका कारण धावनमार्गमा चाप बढेपछि ठूला जहाज ल्याउन रोक लगाइएको हो । धावनमार्गमा चाप कम गर्न १९६ टनभन्दा बढी तौल भएका जहाज ल्याउन रोकिएको विमानस्थलका निमित्त महाप्रबन्धक बिरेन्द्रप्रसाद श्रेष्ठे बताएका छन् । विमानस्थल सामान्य अवस्थामा नआउँदासम्म ठूला जहाज अवतरणमा रोक लगाएको उनको भनाई छ ।

तर, व्यवसायिक रुपमा नियमित उडान गर्दै आएका जहाजलाई भने कुनै रोकावट नगरेको बताइएको छ । ‘हामीले कमर्शियल फ्लाइट रोकेका छैनौंं, राहत सामाग्री बोकेर आउने आर्मीका ठूला जहाजमात्र रोकेका हौं’ महाप्रबन्धक श्रेष्ठले भने ‘ठूला जहाजका कारण धावनमार्गमा समस्या आउन थालिसकेको छ ।’

आर्मीका ‘सी १७’, ‘एमडी ११’ लगायतका जहाजहरु त्रिभुवन विमानस्थलमा आइरहेका छन् । यी जहाजको तौल निकै धेरै हुने श्रेष्ठ बताउँछन् । एक सय ९६ टनभन्दा बढी तौल भएका एयर एशिया, टर्किस एयर लगायतका जहाजहरु भने नियमित उडान अवतरण गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्: