२७ लाख रुपैयाँ भन्दा बढीको राहत सामाग्री गोरखातर्फ

विर्तामोड । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड र झापा उद्योग वाणिज्य संघको शाखा बिर्तामोडले नेतृत्व गर्दै उठाएको २७ लाख रुपैयाँ भन्दा बढीको राहत सामाग्री भूकम्प पीडितका लागि आइतवार गोरखा पठाएको छ ।

आइतबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । २७ लाख २४ हजार ४ सय ४२ रुपैयाँ मूल्यको राहत सामाग्री गोरखाका भूकम्प पीडितलाई प्रदान गरिने बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी गराए । तीन वटा ट्रकमा राहतसहितको टोली आइतबार गोरखातर्फ प्रस्थान गरेको हो । सोमबार बिहान ती सामग्री वितरण गरिने बताइएको छ । १३ सय बोरा मुसुली चामल, एक सय बोरा आयो नुन, एक सय ४८ बोरा चिउरा, एक सय कार्टुन बिस्कुट, १८ बोरा दालमोड, पाँच सय थान त्रिपाल, तीन सय पाँचथान कमल , एक हजार कार्टुन चाउचाउ , दुई सय ७२ थान मेट्रेस र एक सय बोरा मटर राहत स्वरुप पठाइएको हो ।

भूकम्प पीडितका लागि उक्त राहत सामग्री मेची अञ्चलबाट गएको सबैभन्दा ठूलो परिमाणको भएको बताइएको छ । बाणिज्य संघ र रेडक्रस बिर्तामोडको अगुावईमा अन्य २२ वटा संस्थाको समन्वय र सहयोगबाट उक्त सामग्री जुटाइएको बताईन्छ ।

उक्त राहत सामग्रीका लागि भारत हरियाणाको शिव मन्दिर कोलरीबाट १९ लाख ५८ हजार ४ सय, बाबा इन्टरप्राइजेजबाट १३ हजार पाँच सय, जगतबस्ती शान्ति टोलबाट १७ हजार ८ सय, बिमली बन्धु समाजबाट ५१ हजार, पुनर्जन्म समूह नेपालबाट ५१ हजार १ सय, बिर्तामोड बजार क्षेत्रका उद्योगी व्यवसायी तथा दाताहरुबाट ५ लाख १७ हजार ९ सय ४२, क्यान महासंघ झापाबाट ११ हजार, एकता हेड्सबाट १० हजार, व्यवसायी निर्मल भट्टराई बाट ११ हजार, निर्माण व्यवसायी संघ बाट २५ हजार र ओम अग्रवालबाट ११ हजार सहयोग संकलन भएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्: