अमेरिकामा राहत लुटियो

काठकाण्डौ । पुनरवास भएका भुटानी शरणार्थीले नेपालको भूकम्प पीडितका लागि संकलन गरेको राहत रकम लुटेराले लगेका छन् । एक अज्ञात बन्दुकधारीले सो रकम लुटेको बताईन्छ । अमेरिकाको सेन्ट पलमा हिमालयन ग्रोसरी संचालन गर्दै आएका तिलक पोकवालको स्टोरमा जम्मा गरी राखिएको राहत लुटाईमा परेको हो ।

घटना भएकको बेला तिलकका पत्नी छिमी भुटिया स्टोरमा थिइन् । उनी यतिबेला ९ महिनाको गर्भवति रहेकी छिन् । साँझ करिब ७ बजे आएका एक लुटेराले ३४ वर्षीया छिमी एक्लै स्टोरमा रहेको बेला लुटेका थिए । ‘घटनाबारे जानकारी दिँदै छिमीले भनिन ‘त्यो व्यक्ति धेरै पटक पसलमा आउने र जाने गर्दै थियो ।

पसलमा को छ, यहाँ काम पाउन सकिन्छ भनेर सोधिराखेको थियो ।’ ‘पछि आएर मेरो हात पक्डियो र सर्ट्भित्र लुकाएको बन्दुक देखाउँदै मलाई चुप बस्न भन्यो र पैसा दिन भन्यो,’ उनले भनिन् । त्यसपछि लुटेराले काउन्टरको पैसा लुट्यो र छेउमा नेपालको सहयोग लागि राखिएको सहयोग पेटिका पनि लुटृर लग्यो ।

गत बुधबार भएको घटनाबारे जानकारी दिँदै तिलकका भाई कमल पोकवालले भने, ‘चोरले पैसा मात्र लुटेन, नेपालका लागि सहयोग गर्न चाहनेहरुको विश्वास लुटेको छ ।’ कमलका अनुसार त्यहाँ रेडक्रसलाई दिन भनि राखिएको करिब ३ सय डलर र पसलबाट ७ सय डलरजति लुटिएको छ ।

प्रतिक्रिया दिनुहोस्: