अस्ट्रेलिया सरकारले एक अर्ब सहयोग गर्ने

काठमाण्डौ । विनाशकारी महाभूकम्पबाट पीडित बनेकाहरुलाई अस्ट्रेलिया सरकारले करिब एक अर्ब रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
नेपालका लागि अस्ट्रेलियन राजदूताबासले मंगलबार विज्ञप्ती जारी गर्दै उक्त सहयोग उपलब्ध गराउने जानकारी दिएको हो । नेपालका प्रमुख भूकम्प प्रभावित क्षेत्रका जनतालाई खाद्य सुरक्षा, स्वास्थ्य, आश्रय, पानी र सरसफाइमा उक्त रकम प्रयोग हुने बताइएको छ ।

दूताबासका अनुसार सो सबहयोग गोरखा जिल्लास्थित दूतावासको साझेदार संस्था केयर नेपालमार्फत खर्च हुनेछ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन र संकटमा रहेको नेपालमा राहत तथा पुनःस्थापनाका काममा सहयोग गर्न सहयोग उपलब्ध गराएको राजदूताबासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: