इडिभी २०१६ को नतिजा सार्वजनिक

काठमाण्डौ । अमेरिकी डाइभर्सिटी भिसा (इडिभी) २०१६ को नतिजा मंगलबार सार्वजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको नतिजा मंगलबार सार्वजनिक गरिएको हो ।
दूतावासले ट्विटरमार्फत नतिजा सार्वजनिक भएको भन्दै आफ्नो नतिजा हेर्न अनुरोधसमेत गरेको छ । दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट www.dvlottery.state.gov मा हेर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: