एनजिओका कारण बाच्यौँ : अर्याल

विर्तामोड । त्यो कहालीलाग्दो दिन सम्झउ म कसरी । अहिले पनि म हल्लिरहेको महसुस हुदैछ, बाचिन्छ जस्तो त लागेकै छैन् । त्यो दिन– ‘एनजीओ’ले नानीहरुलाई खाना खान निम्तो गरेको थियो । विहानको साढे १० बजेको थियो । हतार–हतार कपडा लगाएर नानीहरुलाई लिएर धापासीबाट निस्केको थिए । मैतिदेवि पुलमा पुग्नै लागेका थियौ ।

एक्कासी जीउ काम्न थाल्यो, ठूलठूला आवाज आयो । सहरका सबै घरहरु ढलेको देखें । सबै नानीहरु चिच्याउन थाले । उनीहरुलाई नियन्त्रणमा लिए । घर ढलेपछि आवाजसंगैको धुलोले धापासी सहर नै धमिलो बन्यो । कयौं घर ढलेपछि । कहीं जाने ठाउँ थिएन ।

धापासीमा दुःखले चलाएको हाम्रो बाल संरक्षण नेपालको कार्यालयको पर्खाल समेत चिराचिरा परेर लडेछ । म र मेरो सहयोगीहरुमात्रै होइन २० जना छोरा÷छोरी मानसिक रुपमा तनावमा देखिन्थे । धन्न इश्वरले बचाए । विगत ०६६ सालमा काठमाडौंको धापासीमा स्थापित ‘हाम्रो बाल संरक्षण नेपाल’ नामक ‘अनाथालय’ की संस्थापक विनिता अर्यालले भनिन्–‘त्यो समयमा हामी अनाथलयमै भएको भए म भन्दा पनि मेरा नानीको ज्यान जान सक्थ्यो भलै त्यहाँबाट जोगियौ ।’

त्यसपछि न घर न घाटको भयौ उनले थपिन् । आवास, खाद्यन्नविहीन अवस्था, त्यसमा पनि दूर्गन्धका कारण विरामी परेका बालबालिकाको कसरी रेखदेख गरौं भन्ने समस्या भएको थियो । उनले भनिन् –‘त्यस्तो समस्यामा झापालीले उद्दार गरेका छन् । झापाली यूवाको सहयोगमा गत बैसाख १२ गते मध्यान्हमा आएको विनाशकारी भूकम्पले अनाथाश्रम गुमाएपछि खुल्ला आकाशमुनी बस्न बाध्य २० जना अनाथ बालबालिकाको भविश्य खोज्दै संस्थापक अर्याल झापाको विर्तामोडमा आइपुगेकी छन् ।

चाहना समूहमार्फत विर्तामोड आइपुग्न सफल भएकी संस्थापक अर्याल २० नानीको आवास, भरणपोषण र शिक्षादिक्षाका लागि हारगुहार गर्दै आएकी छन् । कतिपय सहयोगी हातहरुले अर्यालको विन्तिलाई मलमपट्टी लाउने काम गरेको छ । विर्तामोडका शिक्षासेवी एवं कन्काई क्याम्पसका संस्थापक जयनारायण ढुंगानाले बालबालिकाको लागि आवास, खाद्यान्न, पठनपाठन र मासिक ५ हजार रुपैयाँ सहयोग गर्ने भएपछि विचल्लीमा परेका बालबालिकाले बैकल्पिक आवासको अनुभूति गर्न पाएका हुन् ।

यता पूर्वको टिचिङ हस्पिटलको रुपमा सञ्चालित विएण्डसी हस्पिटल एण्ड रिर्सच सेन्टरका प्रबन्ध निर्देशक दुर्गा प्रसाईले उक्त अनाथसहितको टीमलाई खानाको व्यवस्था र स्वास्योपचार निःशुल्क गर्ने घोषणा गरेका छन् । झापाका अन्य उद्योगी, व्यवसायी, संघ–संस्था तथा सर्वसाधारणले पनि अनाथ बालबालिकाको भाविश्यका लागि स्वेच्छिक रुपमा आर्थिक तथा जिन्सी खाद्यन्न सहयोग गर्दै आएका छन् । संस्थापक अध्यक्षले आमाबुबाको सहारा नपाएका दूधमुखे बालबालिकाको भविश्य बनाउनका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरिन् ।

हाम्रो बाल संरक्षण नेपाल संस्था सुरुमा रेविका कार्कीले सञ्चालन गरेकी थिइन् । अन्य अनाथालयभन्दा यो अनाथालयको इतिहास अलि छुट्टै छ । अर्यालले भनिन्– ‘०६६ सालमा राष्ट्रिय दैनिक पत्रिकाले एकै घरका ५ जना अनाथ भएको समाचारको आधारमा बाग्लुङ पुगियो । त्यहाँका गाविस सचिव हरिहर पनेरुले ती बालबालिकाको स्थिति देखाएपछि मैले अनाथालय सुरु गरेको हुँ ।’ ६÷६ महिनामा अभिभावक गुमाएका ती बालबालिकाको दूर्दशा र भाविश्यलाई नियालेर काठमाडौंस्थित धापासीको एक घरमा व्यवस्थापन गरेर अनाथालय सञ्चालन सुरु गरे ।

पाँचजनामात्रै भएकाले सुरु–सुरुमा खासै समस्या परेन । तर, पछि खोलाको किनारमा, जंगलमा हस्पिटलको आसपासमा बेवारिसे भएका बालबालिकालाई ल्याएर संख्या बढाएको अर्यालको भनाई छ । ५ वर्षपछि हाल ती पाँच जना बालबालिकामध्ये जोन मगर–१४ कक्षा ५ मा अध्ययनरत छन् । त्यसैगरी १०–वर्षीय साधना कक्षा २ बाट तीनमा पुगिन् ।

साधना कक्षा नसर्रीदेखि हालसम्म दोस्रो नतिजा ल्याएर श्रेणी चड्ने गरेकी छन् । सानो छदाँ उनकी आमाले रिसको आवेगमा हिर्काउँदा उनको देव्र कानमा लागेको थियो । सो वेलादेखि बोलेको देब्रे कानले सुन्दिनन् । १२–वर्षीय करुणा कक्षा ३ मा, ९– वर्षीया उपसना कक्षा १ मा र ७ –वर्षीया रिना मगर नसर्रीमा अध्ययनरत छन् ।

बालबालिकामध्ये ज्याक श्रेष्ठ मानसिक विरामी छन् । नानीहरुलाई केही हुनु हुदैन भन्ने मान्यता मेरो हो । बिचरा, के दोष छ र सजाय दिनु उनीहरुलाई । तसर्थ, यी नानीको उज्जवल भविश्यका लागि संस्थाले जस्तोसुकै आपत विपत र जोखिममा आफ्नो सास रहिन्जेल सहारा दिन्छु –संस्थापक अर्याल । उनका साथमा २ जना रेखदेख गर्ने सहयोगी र संस्थाकी अध्यक्ष रेविका कार्की रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्: