चुनावी सरकारद्धारा एक महिनाको पेन्सन प्रदान

काठमाडौं । चुनाव प्रयोजनका लागि निर्माण भएको सरकारका अध्यक्ष खिलराज रेग्मी सहित तत्कालिन मन्त्रिपरिषदका ११ जना सदस्यहरुले आफ्नो एक महिनाको पेन्सन भूकम्प पीडितको राहतका लागि प्रदान गरेका छन् ।
तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष रेग्मी सहितका सबै ११ जना मन्त्री पूर्व प्रशासक भएकाले उनीहरुले राज्यकोषबाट मासिक पेन्सन पाउँछन् ।

एघार जनाको एक महिनाको पेन्सन बराबरको ३ लाख १५ हजार रुपैया उनीहरुले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।
रेग्मीसहित उनको क्याबिनेटका मन्त्रीहरुले प्रधानमन्त्री सुशील कोइरालालाई बैंकमा दाखिला गरेको रकमको भौचर प्रदान थिए ।

राष्ट्रलाई संकट परेको बेला भूतपूर्व राष्ट्रसेवकको कर्तव्य निर्वाह गर्न आफूहरुले एक महिनाको पेन्सन प्रदान गरेको रेग्मी सरकारको पालाका प्रवक्ता तथा पूर्व सन्चारमन्त्री माधव पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्: