टिपरको ठक्करबाट मंलवार एकको मृत्यु

नवलपरासी । नवलपरासीका सुनवलमा टिपरको ठक्करबाट मंलवार एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ९००५ नम्बरको टिपरले ठक्कर दिँदा नवलपरासी सनई–४ निवासी २१ वर्षीय रमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति टिपरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मंलवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र टिपर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: