भरुवा बन्दुक पड्किदा भाइको मृत्यु दाई घाइते

अर्घाखाँची । अर्घाखाँचीको सिमलपानी गाविसमा बेवारिसे भरुवा बन्दुक पड्किएर एकै घरका भाईको मृत्यु भएको छ भने दाई घाइते भएका छन् । सिमलपानी गाविस वडा नं– १ विक्रमसोताको मानिस नबस्ने एक घरमा रहेको बेवारिसे भरुवा बन्दुक पड्किँदा स्थानीय बालक सात वर्षीय जीवन घर्ती मगरको ज्यान गएको हो ।

                                                                                                                      varuwa banduk

जीवनका दाजु शेरबहादुर घर्ती मगर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय, ठाडाले बताएको छ । घर नजिकै मानिस नबस्ने यमबहादुर परियारको घरमा भरुवा बन्दुक देखेपछि पड्काउन खोज्दा जीवनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले बताए । भरुवा बन्दुक कसले केका लागि राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: