भारतीय सेनाको दादागिरी कायमै, बिमानस्थल नछाड्ने संकेत

काठमाण्डौ । गत शनिवार गएकोे विनाशकारी भूकम्पको विपत्तिमा परेका नेपालीहरुको उद्दारका लागि विश्वका विभिन्न देशबाट उद्दार तथा राहत टोली नेपाल आएका छन् । सबैले आफुले सकेसम्म उद्दारमा घटिरहेका छन् ।

सबैभन्दा पहिले खोज तथा उद्दारका लागि नजिकैको छिमेकी देश भारत नेपालमा आएको थियो । त्यसपछि अन्य देशका उद्दार टोली नेपाल आएका थिए । सबैभन्दा पहिले आएको भारतले नेपालमा उद्दारका लागि १३ वटा विमान पठाएकोे थियो ।police

जून अहिले पनि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा राखिएका छन् । अन्य देशका विमानपनि केही मात्रामा नेपाल आएका थिए । ति सबैलाई अहिले सरकारले फिर्ता पठाईसकेको छ ।

भूकम्पपछि जनजीवन सामान्य बन्दै गएपछि भर्खरैमात्र सरकारले विदेशबाट आएका खोज तथा उद्दार टोलीलाई फिर्ता पठाउने निर्णय गरेको छ । त्यो निर्णय कार्यान्वयन गराउने जिम्मा परराष्ट्रमन्त्रीको थियो ।

सबै देशका कूटनीतिक नियोगका अधिकारीहरुलाई परराष्ट्र मन्त्रालयमा बोलाएर परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले उद्दार टोलीहरुलाई स्वदेश फर्कन आग्रह गरेका थिए । नेपाल सरकारको आग्रहपछि धेरै देशका खोज तथा उद्दार टोली फर्किसकेका छन् । तर छिमेकी देश भारतले फिर्ता हुन् मानेको छैन् ।

उद्दारमा खटिएदेखि आलोचना खेपिरहेको भारतीय उद्दार टोलीले नेपाल सरकारको आदेश नमानेको हो । भारतका अधिकारीले परराष्ट्रमन्त्रीको त्यो आग्रहलाई टेरेका छैनन् । उनीहरुले आफ्नो विमानहरु अहिले पनि प्रभावित क्षेत्रमा उद्दारका लागि खटिएको भन्दै उद्दार कार्य नसकिएसम्म नजाने जवाफ फर्काएका छन् ।

१३ वटा विमानसहित भारतीय टिमको नेतृत्व गरेर त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा क्याम्प बनाएर बसिरहेका भारतीय सेनाका मेजर जनरल जेएस सन्धुले भारतीय हेलिकोप्टरहरु राहत वितरणमा खटिएका छन् भनेर परराष्ट्रमन्त्री पाण्डेको आग्रहलाई चुनौती दिएका छन् ।

police1
सरकार जति बेला जा भन्छ त्यती बेला घर जाने बताउने भारतीय सेनाले नेपाल सरकारको आदेशलाई उद्दारको बहानामा टार्न खोजेको छ । उनीहरुले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल नछाड्ने रणनीतिमा नेपाल सरकारलाई नटेरेका हुन् ।

आफुहरुले नेपाली सेनाकै कमाण्डमा उद्दारको काम गरिरहेको भारतीय सेनाको दाबी छ । तर उनीहरुले विमानस्थल होस् वा उद्दार क्षेत्रमा नेपाली सेनालाई टेरेका छैनन् । सरकारलाई त नटेर्ने उनीहरुले सेनालाई कसरी टेर्लान ?

भारतीय सेनाका अनुसार नेपालमा भारतले १३ वटा हेलिकोप्टर, २८ वटा मेडिकल टीम र १४१५ उद्दारकर्ता सेना खटाएको छ । जसमा ६ वटा हेलिकोप्टर काठमाडौंमा छन् भने, ७ वटा पोखरा विमानस्थलमा छन् ।

भारतीय सेनाले राहत वितरणमा नेपाली सेनासँग थप समन्वय गरेर अगाडी बढ्ने भनाई पनि अघि सारेको छ । सरकारको फिर्ता पठाउने निर्णय पहिले भारतले विमानस्थल मनपरी गर्नुको साथै उद्दारमा खटाएका प्रत्येक होलिकप्टरमा आफ्ना जासुस पठाउँदै आएको थियो ।

जासुस पठाएको खबर बाहिर आएपछि प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलको निरीक्षण समेत गरेका थिए । विमानस्थलमा भारतीय सेनाको मनपरी चलेपछि प्रधानमन्त्री कोइरालाले नेपाली सेनालाई चनाखो हुन निर्देशन दिएका थिए ।

परराष्ट्रमन्त्रालयका अनुसार हालसम्म ४५ देशका खोज उद्दार टोली स्वदेश फिर्ता भइसकेका छन् । तर भारतीय टोलीले भने वहाना बनाएर फर्किन नमानेको परराष्ट्र मन्त्रालय स्रोतले जनायो । भारतीय टोलीको यस्तो कदमले नेपालको राष्ट्रियतामाथि नै प्रश्न चिन्ह उठेको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्: