अभिनेता जिवन लुइटेलले ५१ हजार सहयोग गर्ने

भूकम्पबाट प्रभावितहरुलाई फिल्मीकर्मीहरु राहत वितरण गर्न हिडिरेका छन् । उनीहरुले विभिन्न संघसंस्थाबाट आएका राहत सामाग्री प्रभावित क्षेत्रसम्म पु¥याएका छन् । तर, फिल्मीकर्मीहरु आफैले भने सहयोग गरेका छैनन् ।

अमेरिकाबाट करिब ३ महिनापछि फर्किएका अभिनेता जिवन लुइटेलले भूकम्प पीडितलाई ५१ हजार सहयोग गर्ने बताएका छन् । ‘चलचित्रकर्मी मानव तथा भौतिक क्षति विवरण संकलन एवं सहयोग वितरण समन्वय समिति’लाई उनले नगद ५१ हजार दिने बताएका हुन् । उनले यो रकम भूकम्पबाट प्रभावित चलचित्रकर्मी, पत्रकारका लागि खर्च गर्ने पनि बताएका छन् । साथमा फिल्म भुल भूलैयाका निर्माता दिनेश कुमार पोख्रेलको तर्फबाट १ लाख १ हजार र फिल्म ठूलीका निर्माता पुष्कर पन्तको तर्फबाट ५१ हजार नगद सहयोग आफूलाई प्राप्त भएको पनि लुइटेलले बताएका छन् ।
भारतको बालाजी फिल्मस्बाट जिवनले आफ्नो पहलमा १० लाख मुल्य बराबरको खाद्य सामाग्री सहयोग मागेको र त्यो प्राप्त भएको जिवनको भनाई छ । उनले भोली धादिङ पुगेर यो सामाग्री वितरण गर्ने जनाएका छन् । अभिनेता लुइटेलले अन्य फिल्मीकर्मीलाई पनि आफूले सक्दो सहयोग गर्नका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: