आगलागी पीडितलाई सहयोग

बिर्तामोड । डेढ महिना अगाडि ताप्लेजुङको तोक्मेडाडामा भएको आगलागीबाट पीडित बनेकाहरुका लागि झापा उद्योग वाणिज्यसंघ बिर्तामोडले उठाएको रकम भूकम्प पीडितलाई प्रदान गरेको छ ।

 
वाणिज्य संघले १४१ परिवारलाई एक ÷एक वोरा चामल र नगद एकलाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । संघले ताप्लेजुङस्थित दैवीप्रकोप उद्धार समितिमा बैंक मार्फत नगद जम्मा गरेको र खाद्य सामाग्री बिहिबार पठाएको झापा उद्योग वाणिज्यसंघ बिर्तामोडका अध्यक्ष वलराम कार्कीले बताए । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड र संघको अगुवाइमा विभिन्न संघ संस्थाले सहयोग रकम संकलन गरेका थिए । संकलित रकम मध्ये केही रकम भूकम्प पीडितका लागि संघले सहयोग गरेको थियो ।

 
ताप्लेजुङमा रहेका आगलागी पीडितका लागि सहारा नेपाल चारपानेले ६१ वोरा ,पाथीभरा इन्टरप्राइजेजसतासीधामले १० वोरा ,सतासीधाम जेसीजले २० वोरा र काफ्ले खाद्य भण्डार सतासीधामले ५० वोरा चामल सहयोग गरेका थिए ।

 
यो संगै संघका पदाधिकारी र रेडक्रसकर्मी सहितको टोलीले राहत सामग्री संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: