एकताको अध्यक्षमा गुरुङ

विर्तामोड । एकता हेड्स नेपाल बिर्तामोडले फोहोर मैला व्यवस्थापनको काममा राम्रो सहयोग गरेको भन्दै झापाका व्यवसायी प्रकाश शिवाकोटीलाई सम्मान गरिएको छ । विर्तामोड लगायतका क्षेत्रमा फोहोर मैला व्यवस्यापनमा व्रिmयाशील एकता हेड्स नेपालको प्रथम अधिवेशनले शिवाकोटीलाई सम्मान गरेको हो ।

विर्तामोडमा निकै जटिल समस्याको रूपमा देखिएको फोहोर मैलालाई विगत केही वर्षदेखि सव्रिmय व्यवस्थापन गर्दै आएको एकता हेड्सकी सस्थापक अध्यक्ष राधिका सिटौलाले जानकारी गराइन् ।
अधिवेशनले समाज सेवी श्याम गुरुडको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत निर्विरोध निर्वा्चित गरेको छ ।

समितिका उपाध्यक्षमा मधुर कान्त सिटौला, सचिवमा पुष्प पाठक, सह–सचिवमा विकास खरेल र कोषाध्यक्षमा राधिका सिटौला निर्वा्चित भएका छन् । त्यस्तै सदस्यहरूमा रमेश शिवाकोटी, कुशल आचार्य, बद्री आचार्य, दीपेश प्रसाईँ निर्वा्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: