गोदार थापाको अध्यक्षमा छत्र

बिर्तामोड । गोदार थापाहरुको पुर्वाअञ्चल स्तरिय बन्धु भेला बिहिवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । भेलाले छत्र गोदार थापाको अध्यक्षतामा नयाँ समिति समेत निर्माण गरेको छ ।

छत्र गोदार थापाको अध्यक्षतामा सम्पन्न भेलाले उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमश खड्क बहादुर गोदार थापा, भक्त बहादुर गोदार थापा, बल बहादुर गोदार थापा, गुन्जन बहादुर गोदार थापा, तुलसी गोदार थापा, राजकुमार गोदार थापा, राम बहादुर गोदार थापा, नमेश कुमार गोदार थापा, रुद्र बहादुर गोदार थापा, डिक बहादुर गोदार थापा, भुवन गोदार थापा, कमला गोदार थापा, संगिता गोदार थापा र कृष्ण गोदार थापा चयन भएका हुन् ।

भक्त बहादुर गोदार थापाले संचालन गरेको कार्यक्रममा थापा बन्धु समाजका केन्द्रिय अध्यक्ष इन्द्र गोदार थापा, ईलामका अध्यक्ष रुद्र बहादुर थापा, पाँचथरका अध्यक्ष झलकमान गोदार थापा, नेपाली कांग्रश झापाका अध्यक्ष उद्धव थापा, लगायतले बोलेका थिए ।

गोठधुप कार्यक्रम समेत रहेको सो भेलामा ६० बर्ष नाघेका बृद्ध–बृद्धालाई खादा ओडाएर सम्मान समेत गरिएको आयोजकले जानकारी दिएको छ । सोही कार्यक्रममा माई पस्चिमको क्षेत्रिय समिति समेत गठन गरिएको समाचार छ । भुवन गोदार थापाको अध्यक्षतामा गठित सो समितिको उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमश महेन्द्र गोदार थापा, हेमन्त गोदार थापा, उर्मिला गोदार थापा, उपेन्द्र गोदार थापा, सुरेश गोदार थापा, सुर्य गोदार थापा, ईन्द्र बहादुर गोदार थापा र सुवास गोदार थापा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: